Friday, 6 March 2015

कबिता :- 'गिरेका नेता '
_ _ _ _ _ _ _ _ _ _

अस्तित्व सकेका
दलालहरुको एक हुल
आफुलाई अहम् ठान्दै
भगवान पछिको भगवान माान्दै
देशको बागडोर
हातमा लिएर
दरिद्रे पन देखाउँदै छन् |

राष्ट्रियता पोलेर खाएका
स्वार्थका
हिमायतिहरु
देश बन्धकि राखेर
राष्ट्रवासिसँग
दिउँसै
रात्रिकालिन सपना देखाईरहेका छन् |

कुटनितिक
हैसियत सकेका
दुई हुल
सत्ता पछ्य र बिपछ्य
बिश्वकै
घटिया
रंग मञ्च देखाउँदा
प्रतिष्पर्धामा
आफ्नो देशलाई
अग्रसरता गर्नेहरु
राज नेता
के सोच्लान् ?


No comments:

Post a Comment